मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली « Khabarhub

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन् ।

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए।

युवालाई गुणस्तर शिक्षाको अवसर दिँदा, उनीहरूलाई आफ्नै खुट्टामा उभिएर उत्कृष्ट जीवनयापन गर्ने अवस्था निर्माण गर्न एमाले सक्रिय रहेको उनको भनाइ छ । नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरूको उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : २७ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई