नेम्वाङको टिप्पणी : एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ « Khabarhub

नेम्वाङको टिप्पणी : एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाअभियोग छानबिनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन्।

सोमबार सिंहदरबारमा नेम्वाङले कसैसँग छलफल नगरी एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।

नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे। पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाइ छ । उनले गिरफ्तार गरे सरह सरकारले जबरालाई निवासमा राख्नु कानूनी मूल्यमान्यता विपरीत रहेको पनि बताए।

त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसद्को अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ०७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष