जापानमा आँधी : २ जनाको मृत्यु, ७० जना घाइते « Khabarhub

जापानमा आँधी : २ जनाको मृत्यु, ७० जना घाइते


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु टापुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रतिघण्टाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान निकायले बताएको छ ।

यस आँधीको कारण मङ्गलबार होन्सु टापुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकायले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि लागू हुने गरी बाढीको चेतावनी जारी गरेको छ ।

लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ०१ बजे

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’