अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरु चिन्तित « Khabarhub

अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरु चिन्तित


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा मानवीय अवस्था अझ खराब हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवीय समन्वय कार्यालय एसीएचए र विश्व खाद्य कार्यक्रम डब्लूएफपीले चिन्ता व्यक्त गरेको अफगानिस्तानमा प्रसारण हुने टोलो न्युजको अनलाइन संस्करणले जनाएको छ ।

ओसीएचएले ट्विट गर्दै अफगानिस्तानमा २ करोड ५० लाख मानिसहरु गरीबीको चपेटामा रहेको उल्लेख गरेको छ ।

यसबाहेक १ करोड ९० लाख मानिसहरु खाद्य असुरक्षाको जोखिममा रहेको, २ करोड ५० लाख मानिसहरु गरीबीमा बाच्न बाध्य भएको, ५८ लाख अफगानहरु आन्तरिक रुपमै विस्थापित भएको ओसीएचएले जनाएको छ ।

यस्तै विश्व खाद्य कार्यक्रमले पन अफगानिस्तानमा विकसित घटनाक्रमबारे चिन्ता व्यक्त गरेको टोलो न्यूजले जनाएको छ ।

डब्लूएफपीले ट्विट गर्दै भनेको छ– ‘आर्थिक संकटले अफगानिस्तानभर रोजगारी, तलब र जनजीविका बर्बाद बनाएको छ, समुदाय र परिवारलाई सहयोग गर्नु सबैभन्दा महत्वपूर्ण छ ।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ४३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ