छोराछोरी हुर्काउँदा आमाबुवाले गरिरहेका गल्तीहरु « Khabarhub

छोराछोरी हुर्काउँदा आमाबुवाले गरिरहेका गल्तीहरु

‘जसले सन्तानमाथि नै विभेद र सामाजिक समस्या निम्त्याइरहेको छ’



काठमाडौँ – हरेक अभिभावकको चाहना हुन्छ कि आफ्ना सन्तान असल बनुन् । आफूले सोचे जस्तो बनून् । जसको लागि उचित शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् ।

तर, यही क्रममा छोरा र छोरीलाई हुर्काउने तरिकामा फरक गरिदिन्छन् । हुर्काउने शैलीले संस्कारले पनि छोरा र छोरीबीच विभेद हामी आफैले निम्त्याएका हुन्छौं ।

अहिलेको समयमा महिलाको सुरक्षा एउटा महत्वपूर्ण पाटो बनेको छ । छोरी भएकाले दिनहुँ शारीरिक शोषण, यौन हिंसा तथा मानसिक यातना भोगिरहनुपरेको छ । छोरी भएकै कारण बाटोमा हिँड्दा जिस्याउने, गिद्धे नजरदेखि नानाथरिका शब्दलाई सहजै स्वीकार्नु पनि आजको बाध्यता बनेको छ ।

त्यही आमा बाबाले हुर्काएको छोरीलाई सानैदेखि कसरी खाने, बोल्ने र हिँड्ने, कस्तो व्यवहार गर्ने, कति सहनसक्ने ? भनेर सिकाइन्छ । यस्तो नगर उस्तो नगर भनेर सुझाइन्छ । तर त्यै घरमा हुर्किने छोरालाई खासै ध्यान दिइन्न । उसले जस्तोसकै व्यहार गरोस, उसले जस्तोसुकै नराम्रो काम गरोस्, त्यसले खासै फरक पार्दैन।

सन्तान हुर्काउदा ध्यान दिनुपर्ने कुरा
छोरीहरु प्राय धेरै समझदार र संवेदनशील हुन्छन्। केही कुरा छोरालाई पनि सिकाउन आवश्यक हुन्छ । ‘केटीजस्तो के रोइरहेको ?’ ‘डरछेरुवा तिमी केटी हो ?’ भनेर उनीहरूलाई बच्चैदेखि संवेदनाहीन बनाइन्छ । तर के यो हाम्रो संवाद अहिलेको समयमा सही छ र ? प्रश्न गर्ने बेला आइसकेको छ ।

वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज ओझा भन्छन्, ‘छोरालाई सानैदेखि केटीहरूको इज्जत गर्न सिकाउनु अभिभावकको दायित्व हो ।’ सहयोगी भावना राख्नुले उनको व्यक्तित्व सकारात्मक मात्र बनाउँदैन, यसले सामाजिक सम्बन्ध पनि बलियो बनाइदिन्छ । एक व्यक्तिको पहिचान नै अरुप्रति कति संवेदनशील छ भन्ने कुराले निर्धारण हुन्छ ।

अरुको कष्ट देखेर सहयोग गर्ने बानीले अरुलाई कष्ट दिने प्रवृत्ति हावी हुँदैन । तर हाम्रो अभिभावकमा यो लागू हुन सकेको छैन। उनी भन्छन्, ‘हुर्किएको छोरी रातको आठ बजेसम्म घर आइन् भने आमाको फोनको घण्टी ननस्टप बज्छ, तर त्यै आमाले जन्माएको छोरा रातको १० बजेसम्म पनि घर गएन भने कतै साथीकोमा गएको होला भनेर सहजै लिन्छिन्, त्यसैले महिला र पुरुषबीचको खाडल खन्ने काम हाम्रो घरबाट भएको छ ।’

घरमा एक–अर्कासँग कसरी प्रस्तुत हुने, कुन कुरालाई महत्व दिने, राम्रा कुरालाई कसरी स्वीकार गर्ने, गलत बानी–संस्कारबाट कसरी जोगिने ज्ञान नै सही संस्कार हो । बच्चाले नराम्रो काम गर्दा गाली गर्ने र राम्रो काम गर्दा प्रशंसा गर्न बिर्सनु हुँदैन ।

यसो गर्दा नराम्रो काम गर्नुअघि उनीहरू डराउँछन् र राम्रो काम गर्दा उत्तिकै उत्साहित पनि हुन्छन । सजाय दिनुको अर्थ शारीरिक यातना दिनु होइन । बरु उसलाई हामीले दिइृरहेको सुविधा कटौती गरेर पनि सजाय दिन सकिन्छ ।

अहिलेको समयमा महिला–पुरुष दुवै कामकाजी हुन्छन् । घरबाहिर होइन, घरभित्रको जिम्मेवारी पनि बराबरी बाँड्न सक्नुपर्छ । हाम्रो समाजमा केटा मान्छेले खाना बनाएको ‘लो स्ट्यान्डर्ड’ मानिन्छ । त्यसैले छोरालाई यो सीप सिकाइँदैन । यसका लागि उनीहरू महिलामाथि निर्भर रहन्छन् ।

बालबालिकालाई सिकाउनै पर्ने कुरा
अभिभावकले आफ्नो बच्चालाई ‘प्लिज’, ‘सरी’, ‘थ्याङ्क्यु’ जस्ता शब्दको प्रयोग गर्न उत्प्रेरित गर्न सक्नुपर्छ । यी शब्दले मानिसलाई विनम्र बनाउँछ । शिष्टाचारका शब्द वा व्यवहारले उनीहरू कमजोर वा सानो हुन्छन् भन्ने धारण हटाउन सक्नुपर्छ ।

बाच्चैदेखि महिलालाई इज्जत गर्न सिकाउनुपर्छ । आमा, दिदीबहिनी तथा घरका महिला सदस्यलाई आदर गर्न सिकाउनुपर्छ । जसले गर्दा भविष्यमा नराम्रो कदम अगाडि बढ्नबाट रोक्न सक्छ । राम्रो कपडा लगाएर मात्रै राम्रो बनिँदैन, राम्रो विचार र व्यवहारले बन्ने हो भन्ने ज्ञान दिन सक्नुपर्छ ।

पुरुषहरूलाई आफू शक्तिशाली भएको महसुस हुन्छ । समाजमा हुने आपराधिक गतिविधि, शारीरिक शोषण, यौन हिंसा, बलात्कार यसकै उपज हो । अभिभावकले सन्तान हुर्काउने क्रममा छोरा र छोरी भनेर छुट्याउनुभन्दा दुवैलाई समान व्यवहार गर्नुपर्छ, दुवैलाई बराबर संस्कार सिकाउनुपर्छ ।

जसले गर्दा अहिले बढेको हत्या, हिंसा अत्याचार शोषण, दमन पनि कम हुनसक्छ । के तपाईँले आफ्नो सन्तानलाई यो संस्कार दिन सक्नु हुन्न र ? एकपटक आफैँलाई सोध्नुपर्ने बेला भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ०० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण