राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा « Khabarhub

राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।

महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए ।

जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि महासचिव गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ पर्यावरणका लागि जीवनशैली पुस्तिका, लोगो र ‘ट्यागलाइन’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा सहभागी हुनेछन् ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ०६ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न