शान्ति सेनालाई लक्षित गरी मालीमा गराइएको आक्रमणको राष्ट्रसङ्घ महासचिवद्वारा निन्दा | Khabarhub Khabarhub

शान्ति सेनालाई लक्षित गरी मालीमा गराइएको आक्रमणको राष्ट्रसङ्घ महासचिवद्वारा निन्दा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि अफ्रिकी मुलुक मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सैनिकको ज्यान गएको थियो ।

त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उनले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणको निन्दा गरिएको जानकारी दिइएको छ ।

साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटिएका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराध अन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारवाही गरेर उनीहरुलाई कानूनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको छ ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

उनले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिएका छन् ।

यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसङ्घीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

परिषद्का सदस्यहरुले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

परिषद्का सदस्य राष्ट्रले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन पनि आग्रह गरेका छन् ।

शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : २५ बजे

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई