एमाले बिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल « Khabarhub

एमाले बिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले बिना देशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रूपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिँचाइ,  शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रूपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रूप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए। रूपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मसार ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरूले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउँदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरूको प्रचार प्रसार आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : १८ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका