संरक्षण कर्मचारीले कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालय क्षतिग्रस्त « Khabarhub

संरक्षण कर्मचारीले कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालय क्षतिग्रस्त


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकजना संरक्षण कर्मचारीले आफ्नो कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालयमा क्षति पुगेको छ ।

संरक्षण कर्मचारीले झुक्किएर आफ्नो कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको क्योटो सहरस्थित टोफुकुजी मन्दिरमा रहेको ६ सय वर्ष पुरानो सार्वजनिक शौचालयको ढोकामा क्षति पुगेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

मन्दिरका प्रवक्ता कोउडोउ उनोले मन्दिरको ढोकामा क्षति पुगेको पुष्टि गरेका छन् । ‘यो शौचालय ऐतिहासिक सम्पदा हो, त्यसैले यसमा क्षति हुँदा हामी दुःखी भयौँ ।’ उनोलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जेन बौद्ध मन्दिरमा रहेको उक्त शौचालयलाई ‘ह्याकुसेच्चिन’ अर्थात् ‘सय जनाको शौचालय’ उपनाम दिइएको छ । समाचारमा जनाइएअनुसार कुनै समय यस शौचालयमा १ सय जनाभन्दा धेरै भिक्षुहरुले शौच गर्ने गरेका थिए । यद्यपि यस शौचालयको क्षमता केबल ४० जनाको रहेको जनाइएको छ ।

मुरोमाची युग अर्थात् सन् १३३६ देखि सन् १५७३ को पूर्वार्द्धमा निर्माण गरिएको विश्वास गरिने यस शौचालय मेजी युग अर्थात् सन् १८८६ सम्म प्रयोगमा रहेको बताइएको छ । सन् १९०२ मा जापान सरकारले यस शौचालयलाई महत्वपूर्ण साँस्कृतिक सम्पदाको रुपमा वर्गीकरण गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३८ बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी