विपद्को कारण देखाउँदै कालोबजारी बढ्यो  « Khabarhub

विपद्को कारण देखाउँदै कालोबजारी बढ्यो 


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला– विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । 

कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्नेगरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ‘यसअघि खानेतेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय  लिन थालेका छन् ।’

खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन् । जुम्लाका व्यापारीले यतिबेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् । नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ‘ग्यासको पनि मूल्य एक्कासि बढेको छ ।

 यसअघि २ दुई हजार दुई सय ५० रुपैयाँ थियो । अहिले न्यूनतम २८ सयदेखि ३ हजारसम्म  लिने गरेका छन् ।ु डिजलको मूल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन् । 

विपद्‌मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् । ठूला डिलरले बढी मूल्य लिने गरेकाले साना तथा खुद्रा व्यापारीले महँगोमै सामान बेच्ने गरेको बताएका छन् ।

त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : २१ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका