साउदी अरबका विश्वविद्यालयमा पनि योग « Khabarhub

साउदी अरबका विश्वविद्यालयमा पनि योग


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरबको योग समितिले मुलुकका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने भएको छ ।

हालै साउदी योग समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै साउदी अधिराज्यका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गरेको साउदी गजेट अखबारले जनाएको छ । ‘दुबै लिङ्गका विश्वविद्यालय विद्यार्थीका लागि योग’ शीर्षकमा उक्त भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो ।

साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने जनाइएको छ ।

यससँगै आगामी दिनहरुमा साउदी विश्वविद्यालयमा योगसँग सम्बन्धित अभ्यास एवम् अन्य कार्यक्रमहरुको आयोजना गरिने जनाइएको छ । यसका लागि योग रेफ्रीहरुलाई तालिमको पनि व्यवस्था गरिने साउदी गजेटले उल्लेख गरेको छ ।

साउदी अरबको खेलकुद मन्त्रालय र साउदी योग समितिको सहकार्यमा रेफ्रीहरुका लागि तालिमको आयोजना गरिनेछ ।

युवाहरुको शारीरिक एवम् मानसिक स्वास्थ्यलाई मजबुत बनाउनका लागि साउदी अरबमा ठूलो स्तरमा योगको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको साउदी योग समितिकी अध्यक्ष नउफ अलमर्वाईले बताइन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ३७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा