विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज १९ नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः

इजिप्टका राष्ट्रपतिको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए। इजरायको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सदत अरब राज्यका पहिलो सरकार प्रमुख हुन्। इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए। अरब इजरायल द्वन्द्व अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई नोबेल पुरस्कार वितरण गरिएको थियो।

चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो। नासाको एपोलो कार्यक्रम अन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो।

पेलेको हजार गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए। २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए।

इन्दिरा गान्धीको जन्म
आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो। सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा मृत्यु भएको थियो।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : ३२ बजे

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

काठमाडौं– पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

बाढी अपडेट : एघार घर बगे, सात घरमा क्षति

बाजुरा– बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर