पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा प्रतिष्प्रर्धा गर्दिनःपेलोसी « Khabarhub

पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा प्रतिष्प्रर्धा गर्दिनःपेलोसी


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्र्याटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।

‘यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नु भन्दा मेरो लागि कुनै ठूलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहनेछु,’
पेलोसीले भनिन् ।

‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छिन्।

सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा सभामुखको रुपमा आफ्नो कार्यकालय चार वर्षमा सीमित गरेकी थिइन् ।

मध्यावधि निर्वाचनपछि डेमोक्र्याटसले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई सभामुखको रुपमा मनोनयन गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको