कतार विश्वकप फुटबलको ‘फिभर’ « Khabarhub

कतार विश्वकप फुटबलको ‘फिभर’

कसले जित्ला ट्रफी ?


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा ठीक यतिबेला चुनावी रौनक चलिरहेको छ। तर, यसपटक नेपालमा चुनावकै समयमा कतार विश्वकप फुटबलको ज्वरो अर्थात ‘फिभर’ बढेको छ। विश्वकप जस्ता ठूला प्रतियोगिताले केवल मनोरञ्जन मात्रै दिँदैन।

आफूले मन पराएका देश र खेलाडीले नै विश्वकप फुटबलको ट्रफी उचालेको हेर्न धेरै दर्शक बिरामीजस्तै भइसकेका हुन्छन्। विश्वकप फुटबलमा सयौँ खेलाडीको भिडन्त हुन्छ। सयौँ खेलाडीको खेलमा लाखौँ दर्शकको मनको लडाइँ चल्छ।

जित्नेले खुशी मनाउने र हार्नेले पीडा मनाउने भएकाले पनि विश्वकप फुटबललाई ‘फिभर’का रुपमा लिइन्छ । यसपटकको विश्वकपमा पनि विभिन्न देश सहभागी छन् । जुन छनौट चरण पार गरेर आएका छन् ।

विश्वमा आफ्नो अर्थतन्त्रको शक्ति देखाइरहेको कतारले यसपटकको विश्वकप फुटबल आयोजना गर्दा धेरै फुटबल पण्डित चकित परिरहेका छन् । कतारले ठूलै मूल्य चुकाएर विश्वकप फुटबलको आयोजना गरेको छ ।

जुन सामान्य मात्रै होइन, फरक र विशेष पनि हो । सम्भवतः खाडी देशकै हैसियत वरपर रहेको कतारले पछिल्ला वर्षमा जसरी आफ्नो प्रगति गरेको छ, त्यो अविश्वसनीय छ । जुन विश्वका धेरै देशले गर्न सकेका थिएनन् ।

यसपटक विश्वकप नै आयोजना गरेर कतारले आफूलाई फेरि प्रमाणित गरेको छ । यसले धेरै दीर्घकालीन रुपमा कतारको अर्थतन्त्रलाई टेवा दिनेछ । कतारले विश्वकप आयोजना गर्दा सयौँ नेपाली कामदारले ज्यान गुमाएको तथ्य छिपेको छैन ।

नजिकै विश्वकप फुटबल आयोजना हुँदा धेरै नेपाली अवसर नछुटाउने सुरमा छन् । केही नेपाली विश्वकप फुटबल हेर्न कतार पुगिसकेका छन् । खाडीमा रहेका धेरै नेपाली कतार विश्वकप हेर्न पुगिसकेका छन् । विश्वकप फुटबलमा धेरै रोचक तथ्यहरु फेरि सतहमा आउनेछन् ।

कसले जित्ला विश्वकप ट्रफी ?

यतिबेला पनि कुन देशले विश्वकप जित्छ भन्दा पनि कुन सुपरस्टारले विश्वकप जित्ला भनेर धेरैले अनुमान गरेका छन् । यो विश्वकपमा पनि फुटबलका सुपरस्टार लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतलाई नै मुख्य दाबेदार मानिएको छ ।

मेस्सीको देश अर्जेन्टिना, नेयमारको देश ब्राजिल यो विश्वकपका मुख्य दाबेदार मानिन्छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले यसपटक आफूहरु विश्वकपको उपाधि दाबेदार नभएको बताएका छन् । किनकी उनको देशले उपाधि जित्ने सपना बुनिसकेको छैन ।

युरोकप र नेसन्स लिग जितिसकेका रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा छैनन् । सोही कारण यसपटक ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड र फ्रान्सलाई मुख्य दाबेदार मानिएको छ । त्यसमा पनि ब्राजिल र अर्जेन्टिना ठूला दाबेदार हुन् ।

मेस्सीको विश्वकप जित्ने भोक र युवा तथा क्षमतावान खेलाडीले भरिएको ब्राजिल सधैं उत्कृष्ट रहने गर्छन् । कोपा अमेरिका अर्जेन्टिनालाई जिताएको सुरमा पनि यसपटक नेयमार विश्वकप जित्न आतुर छन् ।

त्यसबाहेक फुटबलकै ठूलो भिडन्त भएकाले यो प्रतियोगितामा जुन टिमले उत्कृष्ट खेल्छ, उसले विश्वकप जित्नेमा आशंका छैन ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५१ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा