उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास « Khabarhub

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टोकियो – उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन्।

उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्रको पानीमा खसेको बताइरहेका बेला जापानका रक्षा अधिकारीको भनाइ सार्वजनिक भएको हो। ईईजेड जापानको तटीय रेखाबाट यसको क्षेत्रीय पानीको सीमाभन्दा बाहिर २०० समुद्री माइलसम्म फैलिएको छ।

जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरे, जापानी रक्षा मन्त्रालयद्वारा वितरित जोइन्ट स्टाफको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जापानको समुद्रमा विशेष आर्थिक क्षेत्रभित्र उत्तर कोरियाको आईसीबीएम ब्यालेस्टिक मिसाइल प्रक्षेपण प्रहार भएपछि यो रणनीतिक हवाई अभ्यास गरिएको हो।’

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ४९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको