मतदान गर्न उत्साहित छन् मतदाता | Khabarhub Khabarhub

मतदान गर्न उत्साहित छन् मतदाता


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बलेवा– ढोरपाटन-६ का सम्पूर्ण छन्त्याल यसपटकको निर्वाचनमा गाउँ नजिकै थप गरिएको मतदानस्थलमा मतदान गर्न पाउने भएपछि खुसी छन् । निर्वाचन आयोगले मतदातालाई सुविधालाई ध्यानमा राख्दै यसपटक गाउँकै जनता प्राथमिक विद्यालयमा मतदानस्थल स्थापना गरेपछि लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ ।

‘यसअघि चार घण्टा हिँडेर मतदान गर्न गइन्थ्यो, तर अहिले ४५ मिनेट मात्रै हिँडे पुग्नेभयो’, अधिकारी चौरका छन्त्यालले भने, ‘पहिले बुढापाकालाई मतदान केन्द्रसम्म लैजान समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेकाले उत्साही छु ।’ मतदानस्थल टाढा हुँदा वृद्ध र अपाङ्गहरू मतदान गर्ने इच्छा हुँदाहुँदै पनि वञ्चित बन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘मतदान गर्न जाँदा खाजा पनि सँगै लैजानुपर्ने अवस्था थियो’, छन्त्यालले भने, ‘अहिले भोट हालेर घरमा फर्केर खाजा बनाएरै खान सकिन्छ । एकजना गएर मतदान गरेर फर्केपछि अर्को गएर मतदान गर्न सकिने भएकाले घरायसी काममासमेत सहज हुने भयो ।’

बागलुङमा यस पटक तीन स्थानमा मतदानस्थल थप गरिएपछि यहाँका मतदाताको समस्या समाधान भएको छन्त्यालको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले मतदाताको सुविधालाई ध्यानमा राखेर स्थानीय तह निर्वाचनमा एक सय तीन मतदानस्थल रहेकामा अहिले तीन मतदानस्थल थप गरेको थियो । कार्यालयले ढोरपाटन नगरपालिका-६, ढोरपाटन नगरपालिका-२ र गलकोट नगरपालिका-१० मा एक-एकवटा मतदानस्थल थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताए ।

छन्त्याल जस्तै ढोरपाटन नगरपालिका-२ की शान्ति थापा पनि मतदानस्थल  नजिक हुँदा उत्साहित छिन्। साढे एक घण्टा हिँडेर मतदानस्थल पुग्नुपर्ने थापालाई यसपटक घरबाट १५ मिनेट मात्रै हिँडे पुग्ने भएको छ । 

ढोरपाटन नगरपालिका-६ का वडाध्यक्ष उमेशकुमार बुढा मगरले यसपटक मतदानस्थल थप हुँदा स्थानीहरू मतदानका लागि उत्साहित भएको बताए । उनले साढे चार घण्टाको यात्रा गरेर मतदानस्थल पुग्नुपर्ने नागरिकको समस्या अहिले १ घण्टामा छोटिएकाले वृद्धहरू र अपाङ्गहरूलाई सहज हुने बताए । 

ढोरपाटन-२ मा यसपटक दुईवटा मतदानस्थल बनाइए पनि अझै केही स्थानका नागरिकहरूलाई लामो समय हिँड्नुपर्ने अवस्था छ । ढोरपाटन-२ का प्रेम चालिसेले मतदानस्थल थपिँदा केहीलाई राहत भए पनि आफूलाई भने सहज नभएको बताए । 

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ३९ बजे

धुम्रपानका कारण आइभोरी कोस्टमा प्रतिदिन छ हजार व्यक्तिको मृत्यु

एजेन्सी– धुम्रपानका कारण आइभोरी कोस्टमा वर्षेनी छ हजारभन्दा बढीको मृत्यु

सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक 

मुग्लिन-  चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ

रौतहटका शक्तिपीठहरुमा हजारौँ बोकाको बली

रौतहट– हिन्दुहरूको महान पर्व बडा दसैँको अवसरमा रौतहटस्थित शक्तिपीठहरुमा यस

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

एजेन्सी – बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी