शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन | Khabarhub Khabarhub

शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा।लि।को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११-६११-७ को सोझो सेटमा पराजित गरे । ललितपुर टिटी क्लबका नवीनबहादुर शाक्य र सिवाइसी टिटी क्लबका रविन्द्र शाक्य तेश्रो भए ।

राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सिधा सेटमा १२-१०, ११-१११-३ ले हराए । सिवाइसीका राजेन्द्र बज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने । भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र बज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकारआनन्दरत्न धाक्वा सम्मिलित सिवाइसी टोलीलाई ३-१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताअन्तर्गत पुरुषमा चार र महिलामा एक गरी पाँ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदिश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले काँस्य जितेका थिए ।

सोही प्रतियोगिताका दौरान यु-१६ ब्वाइज-गल्र्स एकीकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपिएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपिएमकी योङ्गी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए । भेट्रानतर्फ कुल पुरस्कार राशि चार लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०-१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु-१६ का पदक विजेतालाई एक लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो ।

विजेतालाई टेबल टेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले पुरस्कृत गरेका छन् । भेट्रानमा सहभागीहरूको ‘लक्की ड्र’ गराइ एक विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहे ।  भेट्रानमा ७० तथा यु-१६ मा २८ खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  २ : २६ बजे

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा