‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’ | Khabarhub Khabarhub

‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ । 

काठमाडौँ क्षेत्र नं ६ का बालविद्यापीठ मतदान केन्द्रका मतदान अधिकृत रामकुमार पौडेलले भने, ‘मतदान केन्द्रभित्र आइसकेपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत अशक्तलाई लाइनमा नबसी पहिलो प्राथमिकतामा राखेर मतदान गराउँछौँ ।’ मतदानमा धेरैभन्दा धेरै मतदाताको उपस्थितिका लागि राजनीतिक दल र उम्मेदवारले सहजीकरणका लागि पहल गर्ने विश्वास गरिएको उनले बताए ।

मतदाता नामावली भएका सबै अपाङ्गता भएका, ज्येष्ठ नागरिकलगायतका सम्पूर्ण नागरिकले मतदान गर्न पाउनु समान अधिकार भएको उल्लेख गर्दै मतदान अधिकृत पौडेलले सहजीकरणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारलगायतका समूहले सहजताका लागि सोहीअनुसारको व्यवस्था गरेको जानकारी दिए ।

सोही सन्दर्भमा प्रतिनिधिसभा सदस्य निवार्चन क्षेत्र नं १०, नेपाली कांग्रेसका उम्मेदवार, पूर्व युवा खेलकुदमन्त्री राजेन्द्रकुमार क्षेत्रीले अशक्त व्यक्तिहरूका लागि सहज व्यवस्था गरेको जानकारी दिए। उनले भने, ‘अपाङ्गता भएका मतदाताको प्रकारअनुसार विलचिअर, गाडीको व्यवस्थासहित स्वंमसेवको टोली उहाँहरूको सहजताका लागि खटाएका छौँ ।’

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ६(१)का उम्मेदवार निरेशलाल सिंह महर्जनले फरक क्षमता भएका व्यक्तिलाई मतदानमा सहजिकरणका व्यवस्था मिलाइएको बताए । निर्वाचन आयोगले मतदान केन्द्रमा अपाङ्गता, ज्येष्ठ नागरिक, लगायतका अशक्त नागरिकलाई मैत्रीपूर्ण बनाउनसमेत निर्देशन दिइएको छ । 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : १० बजे

दसैँमा आज पोखरामा निःशुल्क बस सञ्चालन

कास्की – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं

बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालेले डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा बहालवाला