मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त « Khabarhub

मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका मतदान अधिकृत श्याममणिप्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए ।

उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । मण्डल सहायक वन अधिकृत छन्।

उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ । दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको