शरणार्थीलाई विदेश भ्रमणको अधिकार | Khabarhub Khabarhub

शरणार्थीलाई विदेश भ्रमणको अधिकार


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।

मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ ।

सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुरुप सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रूपान्तरण गरिनेछ ।सरकारले स्थायी प्रवेशाज्ञा पाएकाहरूका लागि पारिवारिक पुनर्मिलनका निम्ति कानुन सुधार गर्दै त्यसलाई सहज बनाइनेछ ।

नयाँ प्रावधानबाट एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ भने त्यसबाट शरणार्थीहरूलाई तेस्रो देशमा पनि यात्रा गर्न सरल र सहज हुनेछ । अष्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्यूजिल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : १३ बजे

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र