निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था « Khabarhub

निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।

मतपत्र बदर हुन सक्ने सात अवस्था:

१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।

२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा

३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा

४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा

५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा

६. मतपत्र च्यातिएमा

७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै