उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा « Khabarhub

उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर – भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ । प्रतिनिधि सभा क्षेत्र नं। १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाब गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो ।

सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन् । जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।

पुरुष समान अधिकार दिने समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने क्रममा मतदान महिलालाई अधिकृतदेखि सबै कर्मचारीको टोलीमा समावेश गरी परिचालन गर्न लागिएको हो । महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने कुराको प्रमाण पेश गर्न यो कार्य गरिएको कार्यालयले जनाएको छ ।

एउटा केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी बाहेक सुरक्षाकर्मीतर्फ नेपाल प्रहरी र म्यादी पनि मतदान केन्द्रमा परिचालन हुनेछन् । प्रहरी र म्यादी सुरक्षाकर्मीको संख्या भने सबै केन्द्रमा समान नहुने बताइएको छ । मतदानस्थलको संबेदनसिलता अनुसार कुनैमा घटी र बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको