ब्याङकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न | Khabarhub Khabarhub

ब्याङकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवद्र्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन ब्याङकक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृत्वपङ्तिले यो वर्ष एशिया– प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको स्वागत गरेको छ भने त्यसको गतिलाई गुणस्तरीय ढङ्गले निरन्तरता दिन सहमति जनाएको छ ।

घोषणापत्रमा भौतिक, संस्थागत र जनताबीचको सम्पर्कलाई सुदृढ गर्ने, ‘डिजिटल कनेक्टिभिटी’बाट अधिकतम लाभ लिने, गुणस्तरीय पूर्वाधार विकास र लगानीका माध्यमबाट क्षेत्रीय, उप–क्षेत्रीय र दुर्गम क्षेत्र जोड्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

एशिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक मञ्च एपेकलाई आधुनिक, कुशल र प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सदस्य राष्ट्रबीच सहयोग बढाउने, हरित अर्थतन्त्रको प्रवद्धनलाई विशेष प्राथमिकता दिने। नेतृत्वलाई सुदृढ पार्ने प्रयासमा जोड दिने, साझा चुनौतीको व्यावहारिक समाधानमा योगदान पु¥याउने, दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०३० भित्र हासिल गर्ने लक्ष्य निर्धारण गरेका विश्वव्यापी प्रयासमा हातेमालो गर्दै अघिबढ्ने दृढता घोषणापत्रमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : ३० बजे

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने