कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण « Khabarhub

कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

कतार ओलम्पिक कमिटी (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको लागि जिम्मेवारी हस्तान्तरण गरेका छन्।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा संयुक्त राष्ट्र लिन्डा थोमस-ग्रीनफिल्डमा लुसेल रंगशालामा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल पछि आइतबार राती औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

अध्यक्ष शेख जोआनले कतारले मध्यपूर्वमा पहिलो पटक विश्वकपको असाधारण संस्करण आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन्। उनले क्यानडा, मेक्सिको र अमेरिकाले सन् २०२६ मा सफल विश्वकप आयोजना गर्ने इच्छासमेत व्यक्त गरेका छन्।

उनले फिफा विश्वकप आयोजना गर्न विशेष गरी संस्कृतिलाई नजिक ल्याउन र विश्वका जनतालाई एकताबद्ध गर्न खेलको भूमिकालाई अभिवृद्धि गर्ने सन्दर्भमा आफ्नो विशेषज्ञता र अनुभवले भ्याए सम्म काम गरेको बताए।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : १४ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी