बागलुङमा धान उत्पादन घट्यो « Khabarhub

बागलुङमा धान उत्पादन घट्यो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ – लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ।

जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो। बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्यारेको बताउँछन्।

उनी भन्छन्, “यसपालि धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्यार्ने बेला एक्कासि एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरी भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो।” अहिलेको भन्दा अघिल्ला सालहरुमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाए। “पहिला–पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पथ्र्यो, अहिले त झन, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, उनले भने।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे। उनले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताए। असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गरे। उनले भने, “यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरी दुःख गरेर धान लगाइयो, भित्र्याउने बेला पानीले खेतबरी बनाइयो दियो, यसपालि धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुपर्‍यो।

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए। उनले यस वर्ष पाँच प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको जानकारी दिए। अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ।

“यस वर्ष धान राम्रो हुन्छ भन्ने आँकलन हामीहरुले गरेका थियौँ, किनकी समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलि कति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो”, प्रमुख भट्टराईले भने, “जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो।” गत वर्ष जिल्लाभर पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उनको भनाइ छ। अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको भट्टराईको भनाइ छ। तुलनात्मकरुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो। तर त्यसो हुन सकेन।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। सो मध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ३५ बजे

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक