तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु « Khabarhub

तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ भने।  

‘नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन ।’ उनले भने, ‘जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यासमार्फत जनतालाई सेवा पुर्‍याउनुपर्छ ।’ उनले पूरा हुन बाँकी रहेको विदुर नगरपालिका–३ बाट तारकेश्वर हुँदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्की पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल–पर्यटनको रुपमा विकास गर्नतर्फ प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

नयाँ निर्माण गरिने भवनले पूर्वाधार विकाससहित पालिकाभित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा सुधारतर्फ संयोजन गर्न सकिने लक्ष्य राखिएको गाउँपालिकाको अध्यक्ष शिव अधिकारीको भनाइ छ । रु छ करोड ४२ लाखमा ठेक्का लगाइएको भवन सम्पन्न भएसँगै पालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न विषयगत शाखाको सेवा एकै भवनबाट प्रवाह गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

कार्यक्रममा भवन निर्माणको लागि आवश्यक छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने ११ जग्गादातालाई दोसल्ला र र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

सामुदायिक आँखा केन्द्र नुवाकोटले शल्यक्रिया गरेर एकसय ६० जना मोतियाबिन्दु भएका बिरामीको दृष्टि फर्काएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रियापश्चात् पुनः दृष्टि फर्काउन सफल भएको ताराबहादुर वाइवाले जानकारी दिए ।

उनको अनुसार जिल्लाको विभिन्न २३ स्थानमा गरेको निःशुल्क आँखा परीक्षण शिविर र केन्द्रमा जाँच गराउन आएका बिरामीबाट पहिचान भएकामध्ये एकसय ६० जना बिरामीको मोतियाबिन्दु गरेर दृष्टि फर्काइएको हो । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा होमबहादुर गुरुङसहित सातजना नेत्र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शनिबार विभिन्न तीन चरणमा गरेको शल्यक्रियामार्फत ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफलता मिलेको हो ।

जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि नुवाकोटमा भने आँखाको हेरचाहमा चेतनाकोस्तर अझै धेरै बढाउन आवश्यक देखिएको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.गुरुङले सुझाव दिए। उनको अनुसार शिक्षित वर्गदेखि युवा र बालबालिकामा नै मोतियाबिन्दु भएर अन्तिम अवस्थामा पुगेको पाइएको छ । ‘नुवाकोटमा हरेक वर्ष आँखा परीक्षण सेवा पुर्‍याउँदै आए पनि लामो समयदेखि दुवै आँखाको दृष्टि गुमाएका दशजनाको यो पटक शल्यक्रिया गरेर दृष्टि फर्काइएको छ ।’ उनले भने, ‘आँखा देख्न नसक्ने भएका आफैँ जाँच गराउन चासो नदिएको जानकारीमा आएकाले गाँउगाँउमा सञ्चालन गरिएको शिविरमार्फत मोतियाबिन्दु भएका बिरामीको खोजी गरिएको हो ।’

रोगको पहिचान भएर पनि विविध कारणले छुट भएका तथा केही स्थानमा शिविर सञ्चालन गर्न बाँकी रहेकालाई लक्षित गर्दै पुनः अर्को महिना शल्यक्रिया शिविर सञ्चालन गरिने जनाइएको छ  । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : ३६ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति