प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामबाट अध्यक्ष लिङ्देन असन्तुष्ट  « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामबाट अध्यक्ष लिङ्देन असन्तुष्ट 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने  बित्तिकै आफूले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन् ।

पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउने बित्तिकै आफूले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको बताएका हुन् । उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफूले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरू स्थापित गर्ने धारणा राखे ।

उनले आफूहरू मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिँड्ने बताए । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ । यस्तै राप्रपाका नेता पशुपतिशमशरेर राणाले संसद्मा आफूहरूको उपस्थित बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताए । अहिलेको ढंगबाट चलेर नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए । उनले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे । 

उनले नेपाल राष्ट्रको तर्फबाट संसद्मा पुराना दलहरूलाई खबरदार गर्न राप्रपा आएकाले उक्त खबरदारी मामुली ढंगको नहुने जिकिर गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : ३२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले