नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण बिहीबार हुने  « Khabarhub

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण बिहीबार हुने 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । 

संघीय संसद् सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरूलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ । 

शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना 

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम संघीय संसद्, प्रतिनिधि सभाको अध्यक्षता गर्ने माननीय ज्येष्ठ सदस्यले देहायको मिति, समय र स्थानमा संघीय संसद्, प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई गराउनु हुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।

संघीय संसद् प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई उल्लिखित जानकारी गराइदिने व्यवस्था हुन समेत अनुरोध गरिन्छ ।

शपथ ग्रहण हुने मिति, समय र स्थान मिति : २०७९ साल पुस ७ गते बिहीबार
उपस्थिति : ११ः०० बजेदेखि
स्थान : प्रतिनिधि सभा बैठक कक्ष,
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर ।
समय : दिनको १ः०० बजे

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ०९ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित