थाइल्याण्डको खाडीमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता « Khabarhub

थाइल्याण्डको खाडीमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको शाही थाई नौसैनिकका प्रवक्ताले बताएका छन् ।

एचटीएमएस सुखोथाई नामक जहाजले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा डुबेको जनाइएको छ ।

जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेको शाही नौसैनिक अधिकारीले जनाएका छन् । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

शाही थाई नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता नौसैनिकको खोजि भइरहेको बताए । उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।”

”जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले भने ।

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने