मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत « Khabarhub

मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए । 

उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लागि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभूत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।

अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सीमित प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए । उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ । यस्तै,  किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ ।’ 

उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको बताएका छन् । उनले अघिल्लो साता एमाले अध्यक्ष केपी ओलीसँग भएको भेट सरकार गठनसँग सम्बन्धित नभएर सामान्य शिष्टाचार भेट मात्रै भएको बताए । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस