नर्सरीका बिरुवाले पाएनन् बजार « Khabarhub

नर्सरीका बिरुवाले पाएनन् बजार


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको लहान नगरपालिका-१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा बिरुवा उत्पादन गरिरहेका छन् । एक बिघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनी अब यसलाई बढाएर १५ कठ्ठा पुर्‍याउने योजनामा छन्। तर नर्सरीमा भएका बिरुवा समयमै बिक्री नहुँदा भने उहाँ चिन्तामा छन्। 

बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका बिरुवा उत्पादन गरिरहेको छ तर बजारमा बिरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उनको भनाइ छ ।

‘आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ’, उनले भने, ‘यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।’ नर्सरीमा उत्पादन भएका बिरुवा समयमै बिक्री नहुँदा नर्सरीमै बिरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । 

‘नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा बिरुवा बिक्री हुन सकेका छैनन्’,उनले भने, ‘विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।’

महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गरे। ‘अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु’, उनले भने, ‘प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।’

महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको बिरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका बिरुवा छन् । साथै  लिचीमा साही, मझफपुर, सरलेश, चानिजका बिरुवा छन् ।

महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : २८ बजे

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा

युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा भएको रूसी आक्रमणमा चार जनाको

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत