चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै | Khabarhub Khabarhub

चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।

 उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को पिल्लरको काम, र मेसिनरी वालको काम यतिबेला भइरहेको छ । पुल आगामी असार महिनाभित्रमा सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार रु तीन करोड ७५ लाखको लागत अनुमान रहेकोमा उक्त पुलनिर्माण व्यवसायीले भ्याटसहित दुई करोड ५० लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । पुल नहुँदा वर्षायाममा सवारी साधनदेखि स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको छ । पुल निर्माण पश्चात् तनहुँ, पोखरा, काठमाडौँलगायतका स्थानमा आवतजावतमा सहज हुने नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : ४३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग