शेखर कोइराला र गगन थापाबीच वार्ता जारी | Khabarhub Khabarhub

शेखर कोइराला र गगन थापाबीच वार्ता जारी


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् । 

सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बसेका हुन् । छलफलमा जुट्नुअघि सोमबार बिहानैबाट दुवै नेता अनौपचारिक रुपमा अन्य नेतासँग पनि छलफल गरेका थिए । गगनलाई अर्का  महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाएका छन् । 

जारी छलफलमा सो समूहका अन्य नेताको पनि सहभागी छ । अहिले शेखर कोइरालाले आफ्नो विचार राखिरहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ३५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा