राहत र पुनःस्थापना नभएको भन्दै बाढी प्रभावितहरूको गुनासो « Khabarhub

राहत र पुनःस्थापना नभएको भन्दै बाढी प्रभावितहरूको गुनासो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्लाका बाढी प्रभावितहरूले अझै राहत र पुनःस्थापना नभएको गुनासो गरेका छन् । बढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र पीडितले राहत कुरेर बसेका छन् । विसं २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको अविरल वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्‍याएको थियो । बाढीबाट यहाँका सयौँ घरपरिवार विस्तारित भएका थिए ।  

बाढीले घर बगाएपछि घरबारविहीन भएका बाढी पीडितले समयमा नै व्यवस्थापन नहुँदा यो वर्षको हिउँदे जाडो पालभित्र बिताउनु पर्ने अवस्था छ । जिल्लाको बराहताल– २ को गिरीघाटमा अस्थायी शिविरमा बस्दै आएका एक सय ५९ घरपरिवारले अझै पनि घर बनाउने रकम पाएका छैनन् ।

प्रदेश सरकारले दिनुपर्ने तीन लाख रकम पीडितलाई दिए पनि स्थानीय र सङ्घ सकारले अहिलेसम्म पनि रकम उपलब्ध गराउँन नसक्दा आफूहरूको व्यवस्थापन हुन नसकेको सुर्खेत गिरीघाटका बाढीपीडित रामबहादुर पुरीले बताए। ‘स्थानीय सरकारले दिनुपर्ने एकलाख र संघीय सरकारले दिने भनेको रु तीन लाख रकम अझै पाएका छैनौँ,’ उनले भने, ‘यो चिसोमा हामी घरबारविहीन छौँ ।’ 

यता, बराहताल गाउँपालिकाले भने पीडितको व्यवस्थापनका लागि तयारी थालिएको बताएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले बाढीपीडितले जग्गाको माग गरेको भन्दै उनीहरूको बस्ती व्यवस्थापनको लागि सामुदायिक वनसँग जग्गा मागको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने बाढीपीडित घरपरिवारलाई तीन-तीन लाखका दरले रकम पठाइसकेको जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बराहतालको गिरीघाट अस्थायी शिविरमा बस्दै आएका बाढीपीडित घरपरिवारलाई करिब ६ करोड बजेट स्थानीय सरकारमार्फत वितरण गरेको बताए । 

उनका अनुसार अझैपनि मन्त्रालयमा एक सय तीन जना बाढीपीडित परिवारको निवेदन परेको छ । पहिलेको निवेदनबाट छुटेका बाढीपिडितको निवेदन परेकाले ती निवेदनको पनि अबको केही दिनमा नै सरकारले छानबिन प्रक्रिया सुरु गर्ने उनले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ५२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ