राहत र पुनःस्थापना नभएको भन्दै बाढी प्रभावितहरूको गुनासो | Khabarhub Khabarhub

राहत र पुनःस्थापना नभएको भन्दै बाढी प्रभावितहरूको गुनासो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्लाका बाढी प्रभावितहरूले अझै राहत र पुनःस्थापना नभएको गुनासो गरेका छन् । बढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र पीडितले राहत कुरेर बसेका छन् । विसं २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको अविरल वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्‍याएको थियो । बाढीबाट यहाँका सयौँ घरपरिवार विस्तारित भएका थिए ।  

बाढीले घर बगाएपछि घरबारविहीन भएका बाढी पीडितले समयमा नै व्यवस्थापन नहुँदा यो वर्षको हिउँदे जाडो पालभित्र बिताउनु पर्ने अवस्था छ । जिल्लाको बराहताल– २ को गिरीघाटमा अस्थायी शिविरमा बस्दै आएका एक सय ५९ घरपरिवारले अझै पनि घर बनाउने रकम पाएका छैनन् ।

प्रदेश सरकारले दिनुपर्ने तीन लाख रकम पीडितलाई दिए पनि स्थानीय र सङ्घ सकारले अहिलेसम्म पनि रकम उपलब्ध गराउँन नसक्दा आफूहरूको व्यवस्थापन हुन नसकेको सुर्खेत गिरीघाटका बाढीपीडित रामबहादुर पुरीले बताए। ‘स्थानीय सरकारले दिनुपर्ने एकलाख र संघीय सरकारले दिने भनेको रु तीन लाख रकम अझै पाएका छैनौँ,’ उनले भने, ‘यो चिसोमा हामी घरबारविहीन छौँ ।’ 

यता, बराहताल गाउँपालिकाले भने पीडितको व्यवस्थापनका लागि तयारी थालिएको बताएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले बाढीपीडितले जग्गाको माग गरेको भन्दै उनीहरूको बस्ती व्यवस्थापनको लागि सामुदायिक वनसँग जग्गा मागको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने बाढीपीडित घरपरिवारलाई तीन-तीन लाखका दरले रकम पठाइसकेको जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बराहतालको गिरीघाट अस्थायी शिविरमा बस्दै आएका बाढीपीडित घरपरिवारलाई करिब ६ करोड बजेट स्थानीय सरकारमार्फत वितरण गरेको बताए । 

उनका अनुसार अझैपनि मन्त्रालयमा एक सय तीन जना बाढीपीडित परिवारको निवेदन परेको छ । पहिलेको निवेदनबाट छुटेका बाढीपिडितको निवेदन परेकाले ती निवेदनको पनि अबको केही दिनमा नै सरकारले छानबिन प्रक्रिया सुरु गर्ने उनले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ५२ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव