नेपाल र श्रीलंकाबीच पारस्परिक सहयोग र सहकार्यमा जोड « Khabarhub

नेपाल र श्रीलंकाबीच पारस्परिक सहयोग र सहकार्यमा जोड


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र श्रीलंकाबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलंकाली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलंकाबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने समय आएको बताए। नेपालको शिक्षा, स्वास्थ्य, पुनर्निमाणलगायतका क्षेत्रमा श्रीलंकाको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मन्त्री डा खड्काले आउँदा दिनमा दुई देशबीचको सहयोग र सहकार्यलाई जोड दिई जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

नेपालका लागि श्रीलंकाली राजदूत हिमाली सुभाशिनी अरुणातिलकाले अधिकांश जनता बौद्ध धर्मावलम्बी रहेको श्रीलंकाको बुद्धको जन्मस्थल नेपालप्रति अगाध आस्था र विश्वास रहेको चर्चा गर्दै कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड दिई दुई देशका जनता लाभान्वित हुन सक्नुपर्ने धारणा व्यक्त गरे। 

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई सरकारका साथ जनस्तरमा समेत पुर्‍याउनुपर्नेमा जोड दिए ।

पूर्वविदेश सचिव एवं श्रीलंकाका लागि पूर्वनेपाली राजदूत डा दुर्गाप्रसाद भट्टराईले सार्क मुलुकको सबैभन्दा सबल राष्ट्र श्रीलंकासँग व्यापार, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्नसकिने सम्भावना रहेको धारणा व्यक्त गरे । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : ३२ बजे

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १००