सरकारमा जाने-नजाने विषयमा छलफल भइरहेको छ : रवि लामिछाने  « Khabarhub

सरकारमा जाने-नजाने विषयमा छलफल भइरहेको छ : रवि लामिछाने 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसंगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताएका हुन् ।

अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उनले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताए । उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पुरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै भएपनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राखे । 

उनले पार्टीले आफूलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिए । लामिछाने पार्टीका कुनै सदस्यहरूलाई बोल्न बन्देज नलगाइएको बताए ,

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : २२ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६