मोरङमा दुई जना किशोरी बलात्कृत, पाँच जना पक्राउ « Khabarhub

मोरङमा दुई जना किशोरी बलात्कृत, पाँच जना पक्राउ


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ– सुन्दरहरैँचा नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत १४ वर्षीया दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-४ का २० वर्षीय सचिन तिम्सिना, उक्त नगरपालिकाका वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङ, वडा नम्बर ५ का २० वर्षीय बेन्जु चौधरी, वडा नम्बर ६ का २० वर्षीय पदम कार्की र वडा नम्बर ७ का ३२ वर्षीय विक्रम भण्डारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

स्थानीय माध्यमिक विद्यालयमा अध्ययनरत दुवै जना किशोरी शुक्रबार विद्यालय गएका थिए । विद्यालयमा पढाइ नभएपछि उनीहरू सुन्दरहरैँचा–५ स्थित पर्यटकीयस्थल वृन्दावन गौशाला घुम्न गएका थिए । किशोरी उक्त ठाउँमा भइरहेको भलिबल प्रतियोगिता हेर्न गएकोमा त्यही क्रममा गौशालामा समेत घुम्न गएको पाइएको प्रहरीले जनाएको छ ।

गौशालामा गाँजा खाने उछृङ्खल व्यक्तिहरूको जमघट हुने गरेको सूचनाका आधारमा खटिएका प्रहरी टोलीले सबैलाई लखेटेकोमा गौशालाबाट भाग्ने क्रममा किशोरीहरूको विद्यालयको किताब भएको झोला छुट्यो र त्यो बेवारिसे देखेपछि प्रहरीले लिएर आएको इलाका प्रहरी बेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए ।

त्यही क्रममा प्रताप, सचिन, बेन्जु र पदमले प्रहरीबाट झोला दिलाइ दिने भन्दै फकाएर सुन्दरहैँचा- ३ गछियास्थित दरबार इन होटलमा दुवै जना किशोरीलाई शुक्रबार साँझ ल्याएर रातभरि राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यहरूले घटनाबारे जानकारी पाएपछि स्थानीय केही राजनीतिक दलका अगुवा नेताले उक्त होटलमा नै बैठक गरेर घटना ढाकछोप गरिरहेको सूचना आएपछि तत्काल चारै जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक धमलाले बताए ।

अनुसन्धानका क्रममा घटना उक्त होटलमा भएको खुलेपछि होटल सञ्चालक भण्डारीलाई समेत नियन्त्रणमा लिएर सोमबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : २५ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व