बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान « Khabarhub

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ ९१० बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन् । उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी भएका हुन् ।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउनुहुने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ३४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको