ट्वीटरमा मस्कको विपक्षमा मतदान, हट्लान सीईओबाट ? « Khabarhub

ट्वीटरमा मस्कको विपक्षमा मतदान, हट्लान सीईओबाट ?


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्वीटर प्रयोगकर्ताहरूले सोमबार कम्पनीका विवादास्पद मालिक एलोन मस्कलाई प्रमुख कार्यकारी सीईओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।

उनले आयोजना गरेको र नतिजाको सम्मान गर्ने वाचा गरेको मतदानमा अधिकांश मतदाताले उनको विपक्षमा मत दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटर प्रयोगकर्ताहरूमा सो मतदान गरेका थिए । एक करोड ७५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताले गरेको मतदानमा ५७.५ प्रतिशतले मस्क प्रमुख कार्यकारीको पदबाट हट्नुपर्ने पक्षमा मत दिएका थिए ।

मस्क विद्युतीय कार निर्माता टेस्ला र अन्तरीक्षयान निर्माता स्पेसएक्सका समेत मालिक हुन् । उनले अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए ।

उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले नि शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३५ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक