ट्वीटरमा मस्कको विपक्षमा मतदान, हट्लान सीईओबाट ? « Khabarhub

ट्वीटरमा मस्कको विपक्षमा मतदान, हट्लान सीईओबाट ?


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्वीटर प्रयोगकर्ताहरूले सोमबार कम्पनीका विवादास्पद मालिक एलोन मस्कलाई प्रमुख कार्यकारी सीईओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।

उनले आयोजना गरेको र नतिजाको सम्मान गर्ने वाचा गरेको मतदानमा अधिकांश मतदाताले उनको विपक्षमा मत दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटर प्रयोगकर्ताहरूमा सो मतदान गरेका थिए । एक करोड ७५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताले गरेको मतदानमा ५७.५ प्रतिशतले मस्क प्रमुख कार्यकारीको पदबाट हट्नुपर्ने पक्षमा मत दिएका थिए ।

मस्क विद्युतीय कार निर्माता टेस्ला र अन्तरीक्षयान निर्माता स्पेसएक्सका समेत मालिक हुन् । उनले अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए ।

उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले नि शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको