खोटाङको बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट « Khabarhub

खोटाङको बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएका छन् ।

सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो ।

बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले व्यपार व्यवसाय सञ्चालन हुँदै आएका घरहरु जलेका हुन् । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो ।

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७ः२० बजेतिर नियन्त्रणमा लिएका छन् ।

आगलागीको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार