समाचार

मास्क लगाएको/नलगाएको हेर्न काठमाडौँमा अनुगमन थालियो (भिडियोसहित)

By खबरहब

January 20, 2022

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल नगर्न निर्देशन जारी गरेको छ।

निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको छ । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।