लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई « Khabarhub

लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो ।

सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना सहितको माक्स अभियान सञ्चालन गरिएको हो । माक्स लगाउँदा मात्र पनि कोभिड संक्रमण फैलिनबाट जोगिने भन्दै अभियानमा साथ दिन प्रहरीले आग्रह गरेको छ ।

अभियानअन्तर्गत नाकाबाट प्रवेश गर्ने हरेक सवारी साधनमा चेकजाँच गर्नुका साथै यात्रु र पैदल यात्रीलाई सचेतना सहित माक्स वितरण गरिएको छ । सुरुवाती चरणमा पाउँदी नाकामा सञ्चालन गरिएको यस अभियान अन्य नाकाहरुमा पनि छिट्टै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १ : ०० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा