सर्लाहीमा शीतलहरले जनजीवन प्रभावित « Khabarhub

सर्लाहीमा शीतलहरले जनजीवन प्रभावित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– लगातारको चिसो स्याठ, हुस्सु र शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । पाँच दिनदेखि घाम नलागेर हुस्सुर कुहिरो लाग्दा जिल्लामा अत्यधिक चिसो महसुस भइरहेको हो ।

पाँच दिनयता लगातार बढेको चिसो र दुई दिनदेखि सुरु भएको शीतलहरले जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदाय संकटमा परेका छन् । चिसो छल्न दिनरात आगो तापे बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या परेका छ ।

यसरी दिनरात आगो तापेर बस्नु पर्दा दैनिक छाक टार्न सकेत समस्या परेको सर्लाहीको चन्द्रनगर–६, कामत बस्ने विन्दे माझीले गुनासो गरे । ‘परिवारमा नौजना छौँ । हामीले दैनिक काम गरेर छाक टार्ने होे,’ उनले भने, ‘चिसोले चार दिनदेखि बाहिर निस्कन सकेका छैनौं । कसरी पेट भर्ने ?’ उनी जस्ता यस गाउँमा दर्जनौ परिवार रहेको उनले बताए । सबै परिवारको अवस्था उस्तै रहको उनको भनाइ थियो ।

कठ्यांग्रिदो चिसोसँगै हुस्सु र कुहिरोले बिहानैदेखि नजिकैको दृश्यसमेत नदेखिने अवस्था छ । बिहानदेखि चिसो स्याँठसमेत चल्ने गरेको छ । बिहीबार बिहानबाट भने शीतलहर चलिरहेका कारण सर्वसाधारण थप कठ्यांग्रिएका छन् । चिसो छल्न जिल्लावासीले जसोतसो, आ–आफ्नो घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । घाम नलागेर कठ्यांग्रिदो चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा धेरै प्रभावित परिरहेको छ ।

चिसोले शारीरिक रूपमा कमजोर रहेका स–साना बालबालिका, वृद्धवृद्धाहरुलाई धेरै जोखिम रहने चिकित्सकहरूको सुझाव छ । चिसोका कारण अहिले रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने समस्याका विरामी प्रत्येक घरका रहेका छन् । यस्ता लक्षणका कारण कोरोना संक्रमणको जोखिम आशंकाले समुदायका थप त्रास सृजना गरेको छ । अत्यधिक चिसोको समयमा यस्ता लक्षणका विरामी देखिनु सामान्य भएकाले नआत्तिन र सुरक्षितसँग विरामीको ख्याल गर्न मलंगवास्थित स्तुति सौम्य अस्पतालका चिकित्सक डा. गुणेश्वर झाले सुझाव दिए ।

जिल्लामा चिसो अत्यधिक बढेको कारण सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कँदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन र बेलाबेलामा तातो र झोलिलो खानेकुरा धेरै खान चिकित्सकहरूले आग्रह गरेका छन् । साथै चिसोमा हुने संक्रमण अहिले धेरै देखिने भएकाले कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था गएर उपचार गराउनसमेत सुझाव दिएका छन् ।

यता स्थानीय सरकारले चिसोबाट आफ्ना नागरिक जोगाउन कुनै व्यवस्था नगरेको गुनासो बढ्न थालेको छ । जिल्लाको केही पालिकाले चोकचोकमा दाउरा बाँड्नेबाहेक कुनै काम नगरेका स्थानीय विनोद यादवले बताए । समयमा कुनै काम नगर्ने गरेका पालिकाहरूले चिसोको कपडा गर्मी लागेपछि बाँड्ने परिपाटी पहिलादेखिकै भएको उनले सुनाए ।

पालिका प्रमुखहरू भने भर्खर चिसो सुरु भएकाले आफूहरू तयारीमा लागेको बताउँछन् । केही पालिकाहरूको भने यस विषयमा धारणा फरक छ ।अहिले नै जाडोको सामान बाँडे भोलि थप जाडो बढ्दा थप व्यवस्था गर्नु पर्ने भएकोले ढिलो गरी एकैपटक बाँड्ने योजना उनीहरुको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १ : १५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण