फ्रान्सेली अभिनेता गेस्पर्डको निधन | Khabarhub Khabarhub

फ्रान्सेली अभिनेता गेस्पर्डको निधन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस(अमरउजाला)– फ्रान्सेली अभिनेता गेस्पर्ड उलीलको ३७ वर्षको उमेरमा दक्षिणपूर्वी फ्रान्समा एक स्कीइङ दुर्घटनामा निधन भएको छ । गेस्पर्ड मार्वलको आगामी सिरिज ‘मून नाइट’मा देखिँदै थिए । गेस्पर्ड ‘हेनिबल राइजिङ’मा हेनिबल लेक्टरको भूमिकाका लागि लोकप्रिय थिए ।

गेस्पर्ड फिल्मका अलावा विज्ञापनको दुनियाँमा पनि चिनिएका नाम थिए । उनको आकस्मिक निधनले फ्यान तथा फिल्मकर्मी दुःखी भएका छन् ।

अभिनेताको सह–अभिनेता रहेका फ्रान्सेली अभिनेता जीन डुजार्डिनले इन्स्टाग्राममा एक क्याप्सन लेख्दै गेस्पर्डको तस्वीर पोस्ट गरेका छन् । जसमा एक कालो हृदय भएको इमोजीका साथ ‘गेस्पर्ड’ लेखिएको छ ।

फ्रान्सेली संस्कृति मन्त्री रोजलिन बाचेलटले बुधबार एक ट्वीट गर्दै गेस्पर्डलाई ‘एक असाधारण अभिनेता’ भनेका छन् । फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सले गेस्पर्ड फिल्मसँगै ठूलो भएको र फिल्म पनि गेस्पर्डसँगै ठूलो भएको उल्लेख गरेका छन् । उनले फिल्म र गेस्पर्डले एकापसमा पागलपनका रुपमा प्रेम गर्ने गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १२ : ०४ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको