डाकूको हातमा चक्कुबाट अटोग्राफ दिएकी मीना कुमारी « Khabarhub

डाकूको हातमा चक्कुबाट अटोग्राफ दिएकी मीना कुमारी


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– सन् ९० को दशकमा मीना कुमारी बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनलाई बलिउडमा ‘ट्राजेडी क्वीन’को उपाधि नै दिइएको थियो । करिब ९० फिल्ममा अभिनय गरेकी मीनाले एकपछि अर्को फिल्म गर्दै आफूलाई मनपराउने फ्यान तथा फिल्मकर्मीको सूची नै बनाएकी थिइन् । उनको फ्यान फलोइङको कुरा गर्दा एक डाकू पनि उनको ठूलो फ्यान थिए । जसले आफ्नो हातमा चक्कूबाट अटोग्राफ लिएका थिए ।

यो किस्सा मीना कुमारी अभिनित फिल्म ‘पाकीजा’को समयको हो । फिल्मको टिम सुटिङका लागि मध्यप्रदेशबाट दिल्ली जाँदैथियो । तर शिवपुरी इलाकामा उनीहरुको कारको पेट्रोल सकियो र सबै युनिट त्यही रोकिनु पर्यो । सुनसान इलाका भएकाले सबैजना पेट्रोलको व्यवस्था नहुञ्जेलसम्म त्यही बस्ने निर्णय लिए ।

आधा रातमा डाकुहरुको समूह उनीहरुको गाडी छेऊमा आइपुग्यो । डाकूले फिल्मकर्मीसँग कुराकानी गर्दा गाडीमा मीना कुमारी पनि रहेको थाहा पाए । यो कुरा सुनेर ठाकुको सरदारको आँखा चम्किलो भयो र मीना कुमारीलाई भेटेर राती बस्ने व्यवस्था मिलाए । बिहान उठेर उनीहरुको गाडीमा पेट्रोल भराए र राम्रोसँग जानका लागि कामना पनि गरे ।

तर रोचक कुरा के भने मीना कुमारीलाई बिदाई गर्नुअघि सरदारले अटोग्राफ मागेका थिए । लेख्ने कुनै सामान नभेटेपछि सरदारले चक्कूमार्फत अटोग्राफ दिन आग्रह गरेपछि मीना कुमारीले डराई–डराई अटोग्राफ दिएकी थिइन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १२ : ४२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा