डाकूको हातमा चक्कुबाट अटोग्राफ दिएकी मीना कुमारी | Khabarhub Khabarhub

डाकूको हातमा चक्कुबाट अटोग्राफ दिएकी मीना कुमारी


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– सन् ९० को दशकमा मीना कुमारी बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनलाई बलिउडमा ‘ट्राजेडी क्वीन’को उपाधि नै दिइएको थियो । करिब ९० फिल्ममा अभिनय गरेकी मीनाले एकपछि अर्को फिल्म गर्दै आफूलाई मनपराउने फ्यान तथा फिल्मकर्मीको सूची नै बनाएकी थिइन् । उनको फ्यान फलोइङको कुरा गर्दा एक डाकू पनि उनको ठूलो फ्यान थिए । जसले आफ्नो हातमा चक्कूबाट अटोग्राफ लिएका थिए ।

यो किस्सा मीना कुमारी अभिनित फिल्म ‘पाकीजा’को समयको हो । फिल्मको टिम सुटिङका लागि मध्यप्रदेशबाट दिल्ली जाँदैथियो । तर शिवपुरी इलाकामा उनीहरुको कारको पेट्रोल सकियो र सबै युनिट त्यही रोकिनु पर्यो । सुनसान इलाका भएकाले सबैजना पेट्रोलको व्यवस्था नहुञ्जेलसम्म त्यही बस्ने निर्णय लिए ।

आधा रातमा डाकुहरुको समूह उनीहरुको गाडी छेऊमा आइपुग्यो । डाकूले फिल्मकर्मीसँग कुराकानी गर्दा गाडीमा मीना कुमारी पनि रहेको थाहा पाए । यो कुरा सुनेर ठाकुको सरदारको आँखा चम्किलो भयो र मीना कुमारीलाई भेटेर राती बस्ने व्यवस्था मिलाए । बिहान उठेर उनीहरुको गाडीमा पेट्रोल भराए र राम्रोसँग जानका लागि कामना पनि गरे ।

तर रोचक कुरा के भने मीना कुमारीलाई बिदाई गर्नुअघि सरदारले अटोग्राफ मागेका थिए । लेख्ने कुनै सामान नभेटेपछि सरदारले चक्कूमार्फत अटोग्राफ दिन आग्रह गरेपछि मीना कुमारीले डराई–डराई अटोग्राफ दिएकी थिइन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १२ : ४२ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले