दूधको मूल्य समायोजन हुँदै | Khabarhub Khabarhub

दूधको मूल्य समायोजन हुँदै


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो ।

मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो ।

प्रतिवेदनमा पशुलाई खुवाउने आहारा(दाना, चोक्कर, ढुटो, पिना, पराल र घाँस) को मूल्य धेरै बढेको तर दूधको मूल्य साढे दुई वर्षसम्म यथावत् रहेको हुँदा किसान घाटा खाएर दूध बेच्न बाध्य रहको उल्लेख छ ।

विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदैआए तापनि पछिल्लो समय साढे दुईयता दूधको मूल्य समायोजन भएको छैन । अहिले किसानले प्रतिलिटर रु ५३ मा दूध बिक्री गर्दैआएका छन् ।

उक्त मूल्यमा दूध बिक्री गर्दा किसानले प्रतिलिटर रु ४ घाटा व्यहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । यसअवधिमा औषधि, रेखदेख गर्ने गोठालोको तबलभत्ता, ढुवानी खर्च र अन्य उपकरणलगायतका सामग्रीको मूल्य आकासिएकाले पनि समयानुकूल मूल्यवृद्धि हुन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले हालकायम रहेको दूधको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गर्न सुझाव दिएको छ । अहिले दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ छ । प्रतिवेदनका आधारमा मूल्य समायोजन भएमा किसानले प्रतिलिटर रु ६० प्राप्त गर्ने छन् भने उपभोक्ताले रु ८६ मा किन्न पर्नेछ ।

मूल्य समायोजनपछि वृद्धि हुने प्रतिलिटर रु १० मध्ये रु सात किसानलाई तथा रु तीन उद्योगीलाई प्राप्तहुनेछ । प्रतिवेदनका आधारमा नयाँ मूल्य लागू भए किसानलाई लागत खर्क कटाएर प्रतिलिटर रु तीन फाइदा हुनेछ । समितिले इलाम, झापा, सुनसरी मोरङ, सप्तरी, सर्लाही, बारा, मकवानपुर, काभ्रे, चितवन, नवलपरासी, रुपन्देही, कास्की, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुरका दूध उत्पादक किसान र दुग्ध उद्योगीसँग छलफल र अन्तक्र्रिया गरी प्रतिवेदन तयार गरेको हो ।

दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्याङ्क छ । उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भँैसीको छ । दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दूधको उत्पादन र उत्पादकत्ववृद्धि गरी देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ ।

दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्षरुपमा रोेजगारी प्रदान गरी गरिबी निवारणको उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार हाल वार्षिकरुपमा औषत रु दुइृ अर्ब बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदैआएको छ । चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिकरुपमा रु चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको देखिन्छ ।

कृषि तथा पशुपक्षी मन्त्रालय स्रोतका अनुसार, मूल्य समायोजनाका सन्दर्भमा सरोकारवालासँग छलफल भइसकेकाले समयानुकूल हुने गरी छिट्टै दूधको नयाँ मूल्य कायम हुनेछ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ३ : १५ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश