अन्नपूर्ण पदमार्ग पुनः सुनसान | Khabarhub Khabarhub

अन्नपूर्ण पदमार्ग पुनः सुनसान


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरु बताउँदछन् ।

कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको संख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ ।’

पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरुको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउनलाई समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक रु ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ ।’

लामो समय कोरोनाले प्रभावित भएको यस क्षेत्र पुन: कोरोना र चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित भएको उनको भनाइ छ ।

त्यस्तै पर्यटन व्यवसायी खुसबहादुर तामाङको पीडा पनि उस्तै छ । लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढाउँदा खुशी भएका खुसबहादुरको खुशी दुई–तीन महिना नबित्दै फेरि निराश बन्न पुगेको छ । दैनिक रु ३०–३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा र कोरोना बढेसँगै प्रभावले पर्यटक कहिलेसम्म नआउने हो र व्यवसाय नचल्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताए । पर्यटन व्यवसायबाट परिवारको गुजारा चलाउँदै आए पनि पर्यटन क्षेत्र नै कोरोनाले प्रभावित बनाएपछि अर्को विकल्प के गरेर आम्दानी गर्ने भन्ने स्थिति सिर्जना कोरोनाले बनाएको पर्यटक व्यवसायी गुरुङको भनाइ छ ।

पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितीरिवाज, प्राकृतिक सुन्दरता हेर्न अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । तर यतिबेला यी जिल्लाका पदमार्ग आसपासमा अधिकांश पर्यटन व्यवसायीको पीडा उस्तै छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आवद्ध कर्मचारी, भरिया तथा पर्यटकको पथप्रदर्शक गर्दै आएकालाई समेत समस्या पर्न थालेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ३ : ३० बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित