एमसीसी टेबल गर्न नदिए प्रचण्डसँगको साझेदारी तोड्ने देउवाको तयारी « Khabarhub

एमसीसी टेबल गर्न नदिए प्रचण्डसँगको साझेदारी तोड्ने देउवाको तयारी

सभामुख हटाउनेदेखि मन्त्री बर्खास्त गर्नेसम्मको तयारी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन भत्काउने मनस्थिती बनाएका छन् । साथै उनले माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउनेसम्मको तयारी गरेका छन् ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भनेका छन् । अनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सत्ता सहयात्रामा पूर्णविराम लगाउने निर्णयमा पनि देउवा पुगेका छन् ।

यस्तै एमसीसी टेबल गर्न तयार नभए माओवादी केन्द्रका सबै मन्त्रीलाई तत्काल बर्खास्त गरेर सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा बालुवाटार छ ।

‘एमसीसी टेबल गर्न सहमति नभए माओवादीकै मन्त्री बर्खास्त गर्ने, सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आउन सक्छ,’ बालुवाटार स्रोतले खबरहबसँग भन्यो, ‘माओवादीको ढुलमुले पारा अब चल्दैन । तत्कालै निर्णायक तहमा वार्ता टुंग्याएर एमसीसी आज जसरी पनि टेबल गरिन्छ ।’

एमसीसी टेबल गर्न कांग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी तयार छन् । तर माओवादी अध्यक्ष प्रचण्ड मात्रै तयार देखिएका छैनन । आजको सत्ता गठबन्धन प्रचण्डविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : २९ बजे

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र